नुवाकोट — नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा गोली प्रहारबाट दुई दाजुभाइको हत्या भएको छ। बुधबार बिहान सामान्य विवादका क्रममा स्थानीय धने तामाङले गोली प्रहार गरेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा स्थानीय समराज तामाङ र सुर्यमान तामाङ रहेका छन्। वडा नं. ४ का वडाध्यक्ष कमलबहादुर तामाङका अनुसार घटना बुधबार बिहान १२ बजेपछि भएको हो।
घटनापछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको भए पनि गोली प्रहार गर्ने धने तामाङ फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार घटनास्थलमा मृतकहरूको शव फेला परेको छैन भने धारिलो हतियार समेत भेटिएको बताइएको छ।
स्थानीयवासीले राति बन्दुक पड्किएको आवाज सुनेको बताएका छन्। घटनापछि गाउँमा त्रास फैलिएको छ भने प्रहरीले आरोपीको खोजी तीव्र बनाएको जनाएको छ।
प्रहरीले घटनाको कारण र वास्तविकता पत्ता लगाउन थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0