धादिङ, जेठ ७ — जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत जिल्लाभित्र सञ्चालन हुने बोलेरो गाडीमा जडान गरिएका जोखिमपूर्ण फलामे हुट हटाउने अभियान सञ्चालन गरेको जनाएको छ। हालसम्म ३२ वटा सवारी साधनबाट त्यस्ता हुट हटाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार केही बोलेरो गाडीमा प्रयोजन विपरीत संरचना परिवर्तन गरी फलामको हुट राख्ने तथा यात्रुलाई छतमा समेत राखेर ओसारपसार गर्ने गरिएको पाइएको थियो। यसले दुर्घटनाको जोखिम बढाएको भन्दै नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानमा चेकजाँच अभियान सञ्चालन गरेको हो।

संयुक्त अनुगमनका क्रममा नियमविपरीत जडान गरिएका फलामे हुट हटाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीले यस्ता सवारी सञ्चालनले यात्रुको सुरक्षामा गम्भीर जोखिम उत्पन्न गर्ने भएकाले अभियानलाई निरन्तरता दिइने उल्लेख गरेको छ।

प्रहरीले सवारीधनी तथा चालकलाई स्वीकृत मापदण्डअनुसार मात्रै सवारी सञ्चालन गर्न तथा यात्रुको सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0