काठमाडौं, जेठ ११ — नेपाल मगर संघको १३औँ राष्ट्रिय महाधिवेशनबाट रक्षाबहादुर रैका मगर अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न महाधिवेशनमा उनले १९६ मत प्राप्त गर्दै नेतृत्वमा विजय हासिल गरेका हुन् ।
अध्यक्ष पदका अन्य प्रत्याशी धनबहादुर पुनले १३३, गंगाबहादुर थापाले ८९, दलबहादुर विरकट्टाले २० र गंगा खासुले १४ मत प्राप्त गरेका थिए । गंगा खासुले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएकी थिइन् ।
संघको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगर निर्विरोध निर्वाचित भएका छन् भने महासचिवमा होमराज खपाङ्गी मगर १७१ मतसहित विजयी भएका छन् ।
महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई शुभकामना दिँदै सहभागीहरूले मगर समुदायको हक, अधिकार, भाषा, संस्कृति तथा पहिचान संरक्षणमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
नव निर्वाचित पदाधिकारीहरू
अध्यक्ष : रक्षाबहादुर रैका मगर
वरिष्ठ उपाध्यक्ष : टेकबहादुर नाम्जाली मगर
उपाध्यक्ष (खुल्ला) : कविराज राज मगर
उपाध्यक्ष (खुल्ला) : तेजबहादुर आले
उपाध्यक्ष (महिला) : सीता राना मगर
उपाध्यक्ष (सांस्कृतिक) : दीपसागर मगर
उपाध्यक्ष (मगर ढुट) : हर्क आले मगर
उपाध्यक्ष (मगर खाम) : जीवन प्रवेश मगर
उपाध्यक्ष (मगर काइके) : भीम रोकाय मगर
महासचिव : होमराज खपाङ्गी मगर
उपमहासचिव (महिला) : मञ्जु थापा मगर
उपमहासचिव : सिद्धान्त जर्गा मगर
उपमहासचिव : खगेन्द्र पुन मगर
उपमहासचिव : हिरु सरा राना मगर
सचिव : विष्णुबहादुर राना
सचिव : झबीन्द्र पुन मगर
सचिव : तारामाया थापा
कोषाध्यक्ष : पूर्ण राना मगर
सह-कोषाध्यक्ष : गायत्री मगर
लेखा संयोजक : योबनकुमार राना मगर
निर्वाचन समिति संयोजक : तेजबहादुर घर्ती मगर
खुल्ला सदस्यहरू
जुनु पुन मगर
गिरमान गाहा मगर
रमेश पुन मगर
इन्द्रबहादुर सारू मगर
रमेश थापा मगर
महेश राना मगर
तारा रैका मगर
लक्ष्मी मगर
महाधिवेशनले संगठनको आगामी कार्यदिशा, समुदायको अधिकार संरक्षण तथा सांस्कृतिक पहिचान सुदृढीकरणका विषयमा समेत व्यापक छलफल गरेको जनाइएको छ ।
नेपाल मगर संघको अध्यक्षमा रक्षाबहादुर रैका मगर निर्वाचित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






