काठमाडौं, असार २२, २०८३

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले निजामती कर्मचारीका पूर्व ट्रेड युनियन तथा विभिन्न संगठनहरूले सरकारी जग्गामा निर्माण गरी प्रयोग गर्दै आएका भवन तथा अन्य संरचना तीन दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ।

मन्त्रालयले सोमबार प्रकाशित सूचनामार्फत नेपाल सरकारको स्वामित्वमा रहेको जग्गामा भोगाधिकार प्राप्त गरी निर्माण गरिएका भवन, संरचना तथा भाडामा दिइएका स्थानहरू समेत पूर्ण रूपमा खाली गरी आवश्यक कागजात, सम्पत्तिको जिम्मेवारी र भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउन निर्देशन दिएको हो।

सूचनामा नेपाल राजपत्रमा प्रकाशित अध्यादेश तथा नेपाल सरकार मन्त्रिपरिषद् र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्णयअनुसार निजामती कर्मचारीका ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज भइसकेकाले ती संगठनहरूले सरकारी जग्गाको भोगाधिकार कायम राख्न नसक्ने उल्लेख गरिएको छ।

मन्त्रालयले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र भवन तथा संरचना खाली नगरे प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनी समेत दिएको छ।

सूचनाअनुसार भवन खाली गर्न निर्देशन दिइएका संगठनहरू:

  • स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन
  • नेपाल मधेशी निजामती कर्मचारी मञ्च
  • नेपाल निजामती कर्मचारी संगठन
  • नेपाल निजामती कर्मचारी युनियन
  • नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन
  • एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल
  • नेपाल स्वास्थ्यकर्मी संघ
  • मधेशी स्वास्थ्यकर्मी फोरम, नेपाल

मन्त्रालयका शाखा अधिकृत विवेक विडारी द्वारा हस्ताक्षरित उक्त सूचना २०८३ असार २२ गते पहिलो पटक प्रकाशित गरिएको हो।

Screenshot
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0