धादिङ , १९ भाद्र ,२०८३

भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीपछि धादिङ जिल्लाबाट १५० जना सम्पर्कविहीन रहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङबाट २०८३ भदौ १९ गते दिउँसो २ बजे प्राप्त विवरणअनुसार सम्पर्कविहीनमध्ये १४ जनाको शव प्राप्त भई सनाखत भएको छ भने २ जना सम्पर्कमा आएका छन्।

जिल्ला प्रशासन कार्यालयले संकलन गरेको विवरणअनुसार नीलकण्ठ नगरपालिकाबाट सबैभन्दा बढी ३८ जना सम्पर्कविहीन रहेका छन्। पालिकागत विवरण यस्तो छ :

धुनीबेँसी नगरपालिका — १२ जना

थाक्रे गाउँपालिका — २२ जना

गल्छी गाउँपालिका — १३ जना

गजुरी गाउँपालिका — ७ जना

बेनीघाट रोराङ गाउँपालिका — ७ जना

सिद्धलेक गाउँपालिका — ६ जना

नीलकण्ठ नगरपालिका — ३८ जना

ज्वालामुखी गाउँपालिका — २ जना

त्रिपुरासुन्दरी गाउँपालिका — २ जना

गंगाजमुना गाउँपालिका — १५ जना

खनियाबास गाउँपालिका — ८ जना

रुबीभ्याली गाउँपालिका — १३ जना

नेत्रावती डबजोङ गाउँपालिका — ५ जना

जम्मा — १५० जना

प्रशासनको विवरणअनुसार सिद्धलेक गाउँपालिकाका १ जना, नीलकण्ठ नगरपालिकाका १२ जना र खनियाबास गाउँपालिकाका १ जनासहित १४ जनाको शव प्राप्त भई सनाखत भएको छ। त्यस्तै थाक्रे गाउँपालिकाका १ जना र गंगाजमुना गाउँपालिकाका १ जना सम्पर्कमा आएका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार धादिङ घर भई रसुवा तथा नुवाकोट जिल्लामा कार्यरत कर्मचारीहरू तथा राजीखुसी गरी गोसाइँकुण्ड मेला गएका व्यक्तिहरूको विवरणसमेत यस तथ्यांकमा समावेश रहेको छ।

बाढीपछि अझै ठूलो संख्यामा व्यक्ति सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी तथा अवस्थाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0