धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा राजन बुर्लाकोटी विजयी भएका छन्।
बुर्लाकोटीले १ हजार ४ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी नवराज तिमल्सिनालाई पराजित गरेका हुन्। तिमल्सिनाले ५४७ मत प्राप्त गरेका थिए।
क्षेत्रीय कार्यसमितिको सचिवमा सरोज पाण्डे ९५३ मतसहित विजयी भएका छन्। त्यस्तै, सहसचिव खुलातर्फ नवीनकुमार श्रेष्ठ ७९३ मतसहित निर्वाचित भएका छन्।
क्षेत्रीय कार्यसमिति सदस्यतर्फ भीमबहादुर ढकाल ९८५ र सूर्यबहादुर कुमाल ७३३ मतसहित विजयी भएका छन्।
स्थायी शिक्षकबाट राजीनामा गरी नेपाली काङ्ग्रेसको राजनीतिमा होमिएका बुर्लाकोटी यसअघि नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुन्। छोटो समयमा अधिक राजनीतिक सफलता हात पार्न सफल बुर्लाकोटीलाई धादिङको राजनीतिमा एक अब्बल र नेतृत्वदायी नेताको रूपमा हेरिएको छ।
महाधिवेशन प्रतिनिधिमा विभिन्न समूहबाट निर्वाचित
प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महिलातर्फ रिता थापा मगर १ हजार १४७, कल्पना अधिकारी १ हजार ६३, योमाया तामाङ ७१८ र लक्ष्मी गिरी ६६६ मतसहित विजयी भएका छन्।
खुलातर्फ रमेशप्रसाद धमला १ हजार २९७, भीमप्रसाद ढुङ्गाना १ हजार १४९, राकेश धमला १ हजार १४६, दिलमान पाख्रिन तामाङ १ हजार ६२, रामनाथ अधिकारी ९७५, ईश्वर अधिकारी ९३७, दीपक कोइराला ९१२, झंकनारायण श्रेष्ठ ८१६, विकास श्रेष्ठ ८१६ र सेतेमान तामाङ ७२३ मतसहित निर्वाचित भएका छन्।
श्रमिकतर्फ तिलकप्रसाद ढुङ्गाना ७२५, पेशागत तथा विषयविज्ञतर्फ कुलबहादुर गुरुङ ७०२, ३५ वर्षमुनिका युवा महिलातर्फ सरिता तामाङ ९०८ तथा युवा खुलातर्फ गोपीकृष्ण भण्डारी ८५८ र अश्विन दुवाडी ५५९ मतसहित विजयी भएका छन्।
त्यस्तै, अपाङ्गतातर्फ बिनोद रिजाल ६५३, अल्पसंख्यकतर्फ डेभिड घले ९३१, प्रजातन्त्र सेनानी/सहिद परिवारतर्फ चिजकुमार तामाङ ८६३ र समानुपातिक दलिततर्फ राम्री नेपाली ७८३ मतसहित निर्वाचित भएका छन्।
समानुपातिक आदिवासी जनजाति महिलातर्फ सिता चोदेन गुरुङ १ हजार १३१, सरिता राना मगर ९४१ र शान्तकुमारी तामाङ ७४२ मतसहित विजयी भएका छन्। समानुपातिक आदिवासी जनजाति खुलातर्फ राजकुमार श्रेष्ठ ८५८, धनबहादुर गुरुङ ७४९ र योगबहादुर तामाङ ७३५ मतसहित निर्वाचित भएका छन्।
समानुपातिक खस–आर्य खुलातर्फ रामप्रसाद अधिकारी ७१३ र देवीप्रसाद कोइराला ६८५ मतसहित निर्वाचित भएका छन्।
यससँगै नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ को क्षेत्रीय नेतृत्वमा राजन बुर्लाकोटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिले पार्टीको संगठनलाई थप सुदृढ गर्दै क्षेत्र नम्बर २ मा कांग्रेसको संगठन विस्तार र प्रभावकारी सञ्चालनका लागि काम गर्ने अपेक्षा गरिएको छ।






