धादिङ, साउन २२ ,२०८३

धादिङबेसीबाट धुवाकोटतर्फ जाँदै गरेको  बा १५ च १५७८ नम्बरको जीप र नेत्रावती डबजोङ गाउँपालिकाबाट  धादिङ  घर तर्फ फर्कदै  गरेका कर्मचारी सवार बा ००१ ब ५८३२ नम्बरको मोटरसाइकल नीलकण्ठ नगरपालिका–२, सेउलीमा एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा नेत्रावती डबजोङ गाउँपालिकाका इन्जिनियर राजकुमार श्रेष्ठ र सूचना प्रविधि (आईटी) अधिकृत नितिसा  दुवाडी घाइते हुनुभएको हो।

घाइते दुवै जनाको धादिङ अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ,चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि उनीहरूलाई काठमाडौं रिफर गरिएको गाउँपालिकाका कर्मचारी सुमन श्रेष्ठले जानकारी दिनुभयो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
2