काठमाडौं ,१ भाद्र ,२०८३

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

सभापति थापाले जनकवि श्रेष्ठको निधनले नेपाल भाषा, नेपाली साहित्य तथा सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ। उहाँले ६ दशकभन्दा लामो समय साहित्य सिर्जनामा समर्पित श्रेष्ठले कविता, गीतलगायत विभिन्न विधामार्फत भाषा, संस्कृति र जनभावनालाई समृद्ध बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनुभएको स्मरण गर्नुभएको छ।

थापाले जनकवि श्रेष्ठका सिर्जना र योगदान नेपाली साहित्य तथा सांस्कृतिक क्षेत्रमा सधैं स्मरणीय रहने उल्लेख गर्नुभएको छ।

उहाँले दिवंगत जनकवि श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0