धादिङ ,२०८३ असोज ८ गते

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ जिल्लाका गाउँपालिका तथा नगरपालिकामा आज असोज ८ गते पालिका स्तरीय अधिवेशन हुँदैछ।

अधिवेशनमा आ–आफ्नो पालिकाका निर्धारित स्थान र समयमा अनिवार्य रूपमा उपस्थित भई सक्रिय सहभागिता जनाउन नेपाली कांग्रेस धादिङले सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य, नेता तथा युवा साथीहरूलाई आग्रह गरेको छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङका सचिव विकास श्रेष्ठले शुभकामना सन्देश जारी गर्दै पालिका अधिवेशनलाई पार्टीको संगठन सुदृढीकरण र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरेका छन्।

उनले अधिवेशनका क्रममा हुने संस्थागत प्रस्तुति, क्षेत्रीय प्रतिनिधिहरूबीचको छलफल तथा नेतृत्व चयन प्रक्रियामा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।

पालिका अधिवेशनले कांग्रेसको संगठनलाई थप सुदृढ, जनमुखी र एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै सचिव श्रेष्ठले अधिवेशन सफल बनाउन क्रियाशील सदस्य, नेता तथा युवा साथीहरूलाई समेत उपस्थित हुन अनुरोध गरेका छन्।

“जय नेपाल !” भन्दै जारी गरिएको सन्देशमा सबै प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तालाई निर्धारित समय र स्थानमा उपस्थित हुन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0