धादिङ ,२०८३ असोज १६
नीलकण्ठ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूका लागि आयोजित उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्राध्यापक रोहिणीप्रसाद कोइरालाले आफूले सफलता हासिल गर्ने क्रममा भोगेका संघर्ष, अनुभव तथा सिकाइहरू विद्यार्थीहरूमाझ साझा गर्नुभएको थियो।
उहाँले जीवनमा स्पष्ट लक्ष्य निर्धारण गरी त्यसलाई प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो। चुनौती र कठिनाइबाट नआत्तिई आफ्नो लक्ष्यप्रति प्रतिबद्ध भएर अघि बढे सफलता हासिल गर्न सकिने उहाँको भनाइ थियो।
कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययनसँगै जीवनमा लक्ष्य निर्धारण, सकारात्मक सोच र निरन्तर प्रयासको महत्त्वबारे प्रेरित गरेको जनाइएको छ।






