धादिङ । नेपाली कांग्रेस खनियाबास गाउँपालिका–५, सत्यदेवीका राजु पाख्रिनले पार्टीको क्षेत्रीय प्रतिनिधि पदबाट राजीनामा दिएका छन्।
पाख्रिनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले क्षेत्रीय प्रतिनिधि पदबाट राजीनामा दिएको जानकारी <span;>दिएका हुन्।
हालै सम्पन्न गाउँ तथा क्षेत्रीय अधिवेशनका क्रममा लामो समयदेखि पार्टीको राजनीतिमा सक्रिय रहेका आफूजस्ता राजनीतिकर्मीलाई बेवास्ता, अपमान र मानमर्दन गर्ने गतिविधि भएको उहाँको आरोप छ।
चार दशक लामो राजनीतिक यात्रा गरेकाे दावि गर्दै आफूहरूलाई नियतवश किनारा लगाउने प्रयास भएको भन्दै पाख्रिनले असन्तुष्टि व्यक्त गरेका छन्। राजनीति समाजसेवा र स्वयंसेवाको सम्मानित क्षेत्र भएको उल्लेख गर्दै उहाँले स्वाभिमान र आत्मसम्मान नरहेको स्थानमा आफू अगाडि बढिरहन उचित नदेखेको बताउनुभएको छ।
आफूलाई क्षेत्रीय प्रतिनिधि बनाउन सहयोग गर्ने सबै क्रियाशील सदस्य तथा साथीहरूलाई धन्यवाद दिँदै पाख्रिनले आगामी दिनमा सँगै यात्रा गर्न नसक्ने अवस्था आएकोमा क्षमासमेत माग्नुभएको छ।
फेसबुकमा स्टाटस लेख्दै उहाँले क्षेत्रीय प्रतिनिधि पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0