धादिङ । नेपाली काँग्रेसको जारी १५औ महाधिवेशन अन्तर्गत धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा (क) को सभापतिमा प्रकाश श्रेष्ठ विजयी भएका छन् ।

शुक्रवार सम्पन्न मत गणनामा श्रेष्ठले ५४७ मत प्राप्त गर्दै प्रदेश सभा सभापतिमा निर्वाचित भएका हुन् । उहाँका प्रतिस्पर्धी ईश्वर अर्यालले ३७६ मत प्राप्त गर्नुभएको छ।

विजयी श्रेष्ठ नीलकण्ठ नगरपालिका–८ का वडा अध्यक्षसमेत हुनुहुन्छ। प्रदेश सभा (क) को सभापतिमा निर्वाचित भएसँगै श्रेष्ठले पार्टीको प्रदेश तहको संगठनात्मक नेतृत्व सम्हाल्नुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0