धादिङ ,२०८३ असोज १९ गत

२०८३ साल भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित दुई विद्यार्थीलाई शीतल छहारी नेपालले जनही ५० हजार रुपैयाँका दरले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

न्यू केबो बोर्डिङ स्कुलमा सोमबार आयोजित कार्यक्रममा रामशरण लम्सालका छोरा आर्यन लम्साल र प्रकाश लम्सालका छोरा प्रतीक लम्साललाई उक्त रकम हस्तान्तरण गरिएको हो। गोसाइँकुण्ड तीर्थयात्राका क्रममा लम्साल परिवार विपद्मा परेपछि विद्यार्थीका अभिभावक क्नकृष्ण प्रसाद लम्सालको अनुरोधमा सहयोग गरिएको संस्थाले जनाएको छ।

विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा शीतल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेल, उपाध्यक्ष विक्रम पौडेल, सचिव अमित पौडेल, नेपाल पत्रकार महासंघ धादिङका सभापति सीताराम अधिकारी, पैरवी अनलाइन डटकमका श्यामबहादुर मक्राती, नीलकण्ठ एफएमका विनोद तमू , त्रिकोण खबर डटकमका विश्वास सिलवाललगायतको उपस्थिति थियो।

शीतल छहारी नेपाल २०७८ सालमा जिल्ला प्रशासन कार्यालय धादिङमा विधिवत् दर्ता भएको गैरनाफामूलक सामाजिक संस्था हो। संस्थाले शिक्षा, स्वास्थ्य, बालबालिका, अपाङ्गता भएका तथा आर्थिक रूपमा कमजोर र अवसरबाट वञ्चित समुदायका लागि सहयोग तथा सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष पौडेलले बताउनुभयो।

विपद्का समयमा समेत संस्थाले राहत तथा सहयोग गर्दै आएको जनाउँदै पौडेलले पछिल्लो बाढीपछि नुवाकोटको विदुर–७ तुप्चेको अक्करे , धादिङको गजुरी गाउँ पालिकाका वडा न ५ गलौदीमा र बिहानी पम्पमा पनि बाडी  प्रभावित क्षेत्रमा सहयोग पुर्‍याइएको जानकारी दिनुभयो। उहाँका अनुसार जर्मनीस्थित Coin e.V. को सहकार्यमा शीतल छहारी नेपालले लामो समयदेखि शिक्षा, स्वास्थ्य तथा विपद्का क्षेत्रमा सहयोग गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0