श्यामबहादुर मगराती

नेपालमा नीजि विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निकै कमजोर रहेको छ । सरकारी तथ्यांक अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सिकाईस्तर कमजोर रहेको देखिएको छ । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्ने नाममा तीनै तहको सरकारले नीति तथा कार्यक्रम तर्जुमा गरेको हुन्छ । माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा सम्बन्धि अधिकार स्थानीय तहलाई भएकोले नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने अधिकार पनि स्थानीय तहलाई नै रहेको छ । जुन जुन तहको सरकारबाट नीति तथा कार्यक्रमहरु कार्यन्वयन भएता पनि विद्यालय तहमा शिक्षाको गुणस्तर बृद्धिमा खासै उपलब्धि भएको पाईंदैन ।

सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर कमजोर हुनमा निम्न कारणहरु रहेका छन् ।

१. सामुदायिक विद्यालयमा पर्याप्त श्रोत साधनको अभाव हुनु ।

२. तालिम प्राप्त, तहगत र विषयगत शिक्षकको अभाव हुनु ।

३. विद्यालयमा शिक्षक तथा अन्य कर्मचारीहरुको दरबन्दीमा कमी हुनु ।

४. विद्यालयमा मातृ भाषामा शिक्षण सिकाईको व्यवस्था नहुनु ।

५. सामुदायिक विद्यालयको शिक्षा राज्यको प्राथमिकतामा नपर्नु ।

६. विद्यालयमा सुरक्षा व्यवस्था फितलो हुनु ।

७. अभिभावकहरुको आर्थिक अवस्था कमजोर हुनु ।

८. बस्ती र विद्यालयबीचको दूरीको सन्तुलन नमिल्नु ।

९. विद्यार्थीहरुको लागि यातायातको साधनको व्यवस्था नहुनु ।

१०. सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोणमा फरक हुनु ।

११. शिक्षण पेशाप्रति युवाहरुको आकर्षण घट्नु ।

१२. व्यावसायिक, व्यवहारिक र जीवनपयोगी शिक्षामा जोड नदिनु ।

१३. अभिभावकहरुमा शिक्षाको जनचेतनामा कमी हुनु ।

१४. शिक्षा क्षेत्र व्यवसायिकरण हुनु ।

१५. समय सापेक्ष प्रविधिको विकास र विस्तार नहुनु ।

१६. शिक्षा सम्बन्धि ऐन, कानुन र नीतिको उचित रुपमा कार्यान्वयन नहुनु ।

१७. हालसम्म संघीय शिक्षा ऐन नबन्नु ।

१८. हाल भईरहेको तीनै तहको सरकारको शिक्षा सम्बन्धि ऐन, कानुन र नीतिमा एकरुपमा नहुनु ।

१९. जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरुले आफ्ना बालबालिकाहरु सामुदायिक विद्यालयमा नपढाउनु ।

२०. विद्यालयमा दलीयकरणको प्रभाव कायम हुनु ।

२१. समय सापेक्षा शिक्षा प्रणालीको विकास गर्न नसक्नु ।

२२. समयमा नै विद्यालयमा पाठ्यपुस्तक नपुग्नु ।

२३.. शिक्षक तथा कर्मचारीहरु पूर्ण रुपमा बफादार र जिम्मेवार नहुनु ।

२४. विद्यालयका शिक्षक तथा कर्मचारीहरुको क्षमता विकासको अभाव हुनु ।

२५. पाठ्यक्रमले निदिष्ट गरेको उद्देश्य प्राप्तिको लागि प्रभावकारी शिक्षण सिकाई नहुनु ।

२६. शिक्षण सिकाई प्रक्रियामा पर्याप्त सिकाई सामग्रीको अभाव हुनु ।

२७. विद्यालयमा संचालित दिवा खाजा कार्यक्रम अपर्याप्तता तथा प्रभावकारी रुपमा संचालन नहुनु ।

२८. विद्यालयमा पर्याप्त भौतिक पूर्वाधार (भवन, खेल मैदान लगायत) को कमी हुनु ।

२९. शिक्षण सिकाई प्रक्रियामा उचित रुपमा बालमैत्री शिक्षण सिकाई विधिको प्रयोग नहुनु ।

३०. सिकाई प्रक्रियामा समय सापेक्ष प्रविधिको उच्चतम प्रयोग नहुनु ।

३१. शिक्षण सिकाई प्रक्रियामा परम्परागत प्रणालीलाई कायमै राख्नु ।

३२. विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक तथा अन्य सरोकारवालाहरु बालबालिकाको शैक्षिक गुणस्तरप्रति जिम्मेवार नहुनु ।

३३. विद्यालयको व्यवस्थापकीय पक्ष फितलो हुनु ।

३४. सम्बन्धित निकायहरुबाट प्रभावकारी रुपमा अनुगमन नहुनु ।

३५. विद्यालयमा बालमैत्री भौतिक संरचना (कक्षा कोठा, शौचालय, फर्निचर लगायत) को उचित व्यवस्थापन नहुनु ।

 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निम्न कार्यहरु गर्न जरुरी देखिन्छ ।

१. विद्यालयमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको आचार संहिता निर्माण तथा पालना गर्ने, गराउने ।

२. आवश्यकताको आधारमा विद्यालयको कक्षा घटुवा र अपग्रेड गरि शिक्षक तथा कर्मचारीहरुको व्यवस्थापन गर्ने ।

३. आवश्यकताको आधारमा विद्यालय मर्जरमा गई शिक्षक तथा कर्मचारीहरुको व्यवस्थापन गर्ने ।

४. विद्यालयमा पर्याप्त श्रोत साधनको व्यवस्थापन गर्ने ।

५. तालिम प्राप्त, तहगत र विषयगत शिक्षकको व्यवस्थापन गर्ने ।

६. विद्यालयमा आवश्यकताको आधारमा शिक्षक तथा अन्य कर्मचारीहरुको पूर्ति गर्ने ।

७. विद्यालयमा मातृ भाषामा शिक्षण सिकाईको व्यवस्था गर्ने ।

८. विद्यार्थीहरुको लागि यातायातको साधनको व्यवस्था गर्ने ।

९. व्यावसायिक, व्यवहारिक र जीवनपयोगी शिक्षामा जोड दिने ।

१०. अभिभावकहरुलाई शिक्षा सम्बन्धि सचेतनाको विकास गर्ने ।

११. शिक्षक अभिभावक संघका पदाधिकारी तथा अभिभावकहरुको लागि अभिभावक शिक्षा सम्बन्धि गतिविधि संचालन गर्ने ।

१२. शिक्षा सम्बन्धि ऐन, कानुन र नीति आवश्यकताको आधारमा समय सापेक्ष संशोधन गर्दै जाने ।

१३. शिक्षा सम्बन्धि ऐन, कानुन र नीतिको उचित रुपमा कार्यान्वयन गर्ने ।

१४. जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरुका बालबालिकाहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउने व्यवस्था गर्ने ।

१५. विद्यालयलाई दलीयकरणको प्रभावबाट बाहिर राख्ने ।

१६. समयमा नै विद्यालयमा पाठ्यपुस्तक पु¥याउने वातारण तयार गर्ने ।

१७. आवश्यकतानुसार शिक्षक तथा कर्मचारीहरुको क्षमता विकासका गतिविधिहरु संचालन गर्ने ।

१८. शैक्षिक उद्देश्य प्राप्तिको लागि प्रभावकारी योजना तर्जुमा गरि कार्यान्वयन गर्ने, गराउने ।

१९. शिक्षण सिकाई प्रक्रियामा प्रर्याप्त सिकाई सामग्रीको व्यवस्था गर्ने ।

२०. विद्यालयमा संचालित दिवा खाजा कार्यक्रम पर्याप्त र प्रभावकारी रुपमा संचालन गर्ने ।

२१. पर्याप्त भौतिक पूर्वाधार (भवन, खेल मैदान लगायत) को व्यवस्थापन गर्ने ।

२२. अधिकतम रुपमा बालमैत्री शिक्षण सिकाई विधिको प्रयोग गर्ने ।

२३. शिक्षण सिकाई प्रक्रियामा समय सापेक्ष प्रविधि तथा प्रणालीको उचित विकास, विस्तार र प्रयोग गर्ने ।

२४. शिक्षक तथा कर्मचारीहरुको प्रोत्साहनको लागि विविध गतिविधिहरु संचालन गर्ने

२५. विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अन्य सरोकारवालाहरुको लागि विद्यालय व्यवस्थापन सम्बन्धि क्षमता विकासका गतिविधि संचालन गर्ने ।

२६. सम्बन्धित निकायहरुबाट प्रभावकारी अनुगमन प्रणालीको विकास गर्ने ।

२७. बालमैत्री भौतिक संरचना (कक्षा कोठा, शौचालय, फर्निचर लगायत) को उचित व्यवस्थापन गर्ने ।

 

(लेखक: सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल, बागमती प्रदेशका महासचिव हुनुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0