धादिङ :- धादिङको खाल्टेमा ट्रक दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ४ पुगेकाे छ । दुर्घटनामा परि घाईते भएका ट्रकका चालक ४० वर्षीय बिष्णु श्रीमलको उपचारका क्रममा मृत्यु भएको हाे । निलकण्ठ नगरपालिका-५ खाल्टेको पतेनीमा  बा २ ख ८९४७ नम्बरको ट्रक पिपलखोला नजिकै पाल्पाली टोलमा दुर्घटना भएको हो ।
स्थानिय टीका रम्तेलकाे घरवाट मल बाेकेर खेतमा लाने क्रममा साँगुराे कच्चि बाटाेमा ट्रककाे ब्रेक फेल भई दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परि एकै परिवारकाे ५ सहित ६ जना घाईते भएकाे थियाे। दुर्घटनाको घाईतेहरूलाई सेनाकाे हेलिकप्टर मार्फत काठमान्डाै स्थित ट्रमा सेन्टर लगिएकाे थियाे।

दुर्घटनामा परि एक जनाकाे घटना स्थलमै र एक जनाकाे उपचारकाे क्रममा धादिङ अस्पतालमा मृत्यु भएकाे थियाे भने काठमाण्डौंमा उपचार गराईरहेका मध्ये १२ बर्षिय प्रितम मजकोटीको सोमबार राती उपचारकै क्रममा केएमसी सिनामंगलमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0