धादिङ – विद्यालयमा अध्यापन गराईरहनु भएको शिक्षक तथा कर्मचारीलाई स्थानिय सरकारले हटाएकाे प्रति नेपाल ट्रेड युनियन काँग्रेस धादिङले आपति जनाएको छ । हालसालै बिद्यालय मर्ज गर्ने बहानामा केही स्थानिय सरकारले श्रमजिवी शिक्षक तथा कर्मचारीलाई जागिरवाट हटाएपछि ति शिक्षक कर्मचारीले सम्मानजनक पुर्नस्थापनाको माग राख्दै नेपाल ट्रेड युनियन काँग्रेस धादिङमा निवेदन दिएको र त्यस उपर युनियनको गम्भिर ध्यानार्कषण भएको नेपाल ट्रेड युनियन काँग्रेस धादिङका अध्यक्ष धुर्व रिजाल द्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।
त्यस्तै स्वास्थ्यर्कमी , डाक्टर , नर्स लगायत श्रमिक कर्मचारीहरु बिभिन्न कार्यालयमा कार्यरत कार्यालय सहयोगीहरुलाई ज्यादै न्युन पारिश्रमिमा काम गर्न बाध्य बनाएको घोर आपत्ति रहेको समेत बिज्ञप्तीमा उल्लेख छ । केही स्थानिय सरकारले हटाएका शिक्षक तथा श्रमिकहरुलाई सम्मानजनक पुर्नस्थापित गर्न माग गदै माग सम्वोधन नभए न्यायपुर्ण आन्दोलनको लागी तयार रहन समेत नेपाल ट्रेड युनियन काँग्रेस धादिङले अपिल गरेको छ ।






