धादिङ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नीलकण्ठ नगरपालिका–१० को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले भवनाथ पाठकलाई वडा सभापतिमा चयन गरेको छ।
नेपाली काँग्रेस धादिङले जिल्लाका १०४ वटै वडामा एकैसाथ वडा अधिवेशन सम्पन्न गर्ने क्रममा नीलकण्ठ–१० को अधिवेशन पनि सम्पन्न भएको हो।
अधिवेशनबाट वडा कार्यसमितिको उपसभापतिमा लुङ्ग कुमारी सेन र भीमबहादुर गुरुङ चयन भएका छन्। सचिवमा बुद्वि प्रसाद बुर्लाकाेटी तथा सहसचिवमा प्रकाश थापा मगर चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा दीपेन्द्र आले, मनबहादुर राना मगर, दिलकुमारी गरौजा मगर, रोजनाथ धरेल र पार्वती काराखेती चयन भएका छन्। कोषाध्यक्ष भने सदस्यहरूमध्येबाट मनोनित गरिने जनाइएको छ।
नवनिर्वाचित वडा कार्यसमिति
सभापति: भवनाथ पाठक
उपसभापति: लुङ्ग कुमारी सेन
उपसभापति: भीमबहादुर गुरुङ
सचिव: बुद्वि प्रसाद बुर्लाकाेटी
सहसचिव: प्रकाश थापा मगर
कोषाध्यक्ष: सदस्यहरूमध्येबाट मनोनित हुने
सदस्य: दीपेन्द्र आले
सदस्य: मनबहादुर राना मगर
सदस्य: दिलकुमारी गरौजा मगर
सदस्य: रोजनाथ धरेल
सदस्य: पार्वती काराखेती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0