धादिङ ,२०८३ कार्तिक ४ गते
काठमाडौँबाट धादिङबेँसी आउँदै गरेको कारमा आगलागी हुँदा गाडी पूर्णरूपमा जलेर नष्ट भएको छ।
२०८३ मङ्सिर ३ गते साँझ करिब ८:३० बजे धादिङको बिहानी पम्प नजिकै नमराज भट्टले चलाएको बा १० च १६९९ नम्बरको कारमा अचानक आगलागी भएको हो। हाल नीलकण्ठ नगरपालिका–४ निवासी भट्टका अनुसार गाडीबाट असामान्य आवाज आएलगत्तै आगो लागेको थियो। तत्काल सिटबेल्ट खोलेर बाहिर निस्किएकाले चालक सकुशल रहेका छन्।
अँध्यारो र एकान्त स्थानमा घटना भएकाले आगो नियन्त्रणमा लिन नसकिएको तथा प्रहरीलाई खबर गर्दासम्म कार पूर्णरूपमा जलेर क्षति भएको चालक भट्टले बताएका छन्। घटनामा मानवीय क्षति भने भएको छैन।









तपाईंको प्रतिक्रिया
Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।