नुवाकोट ,२२ भाद्र ,२०८३
बाढीका कारण घरबारविहीन भएका आफ्ना नगरवासीलाई विदुर नगरपालिकाले तत्काल घरभाडाका लागि प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।
नगर कार्यपालिकाको १३४औँ बैठकले बाढी तथा विपद्का कारण विदुर नगरपालिकाभित्र बस्नयोग्य घर नभएका नगरवासीलाई घर भाडामा लिएर बस्ने व्यवस्था मिलाउन प्रतिपरिवार तत्कालका लागि १० हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने निर्णय गरेको बिदुर नगरपालिकाका सुचना अधिकारी सरला श्रेष्ठले आज बिहान त्रिकोण खबरलाई जानकारी दिनु भयो ।
नगरपालिकाले विपद्बाट प्रभावित परिवारलाई आवश्यक सामग्रीसमेत उपलब्ध गराउँदै आएको जनाएको छ। घर पूर्णरूपमा क्षति भई तत्काल बसोबासको समस्या भोगिरहेका परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले घरभाडा रकम उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
बाढीपछि सुरक्षित आवासको अभावमा रहेका प्रभावित परिवारका लागि यो निर्णयले तत्कालीन बसोबास व्यवस्थापनमा राहत पुग्ने अपेक्षा गरिएको छ।






