धादिङ । बाढी तथा विपद्का कारण अस्थायी होल्डिङ शेल्टरमा बसोबास गरिरहेका बाढी प्रभावितलाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ।

SAMI कार्यक्रमअन्तर्गत परिचालित मनोसामाजिक परामर्शकर्ताहरूले धादिङको गल्छी र गजुरी गाउँपालिकाका अस्थायी होल्डिङ शेल्टरमा पुगेर बाढी प्रभावितसँग अन्तरक्रिया गर्दै मनोसामाजिक परामर्श दिएका हुन्।

विपद्का कारण उत्पन्न मानसिक तनाव, त्रास, चिन्ता तथा अन्य मनोसामाजिक समस्यालाई सम्बोधन गर्दै प्रभावितलाई भावनात्मक सहयोग र आवश्यक परामर्श प्रदान गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य निरीक्षक तोयानाथ छतकुलीले बताउनुभयो।

विपद्पछिको कठिन परिस्थितिमा प्रभावितको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नियमित मनोसामाजिक सहयोग र परामर्श आवश्यक रहेको उहाँले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0