• धादिङ । गजुरी गाउपालिकाकाे बिज्ञप्ति प्रति नेपाल पत्रकार महासंघ धादिङले आफ्नाे गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
    त्रिशुली नदीमा हुने गरेकाे अवैध उत्खन्नकाे बिषयमा बिभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि आफ्नाे बचाउ गर्दै गजुरी गाउपालिकाले यहि मिति २०८१ श्रवण २९ गते बिज्ञप्ति मार्फत खण्डन गरेकाे थियाे ।
    जिल्लाभित्र हुने कुनै पनि प्रकारको अवैध कृयाकलापको महासंघ सदैव विपक्षमा रहेको जानकारी गराउँदै हरेक क्षेत्रबाट हुने गतिविधिहरु देशको संविधान, कानून, विधि र पद्धति अनुसार हुनै पर्छ भन्नेमा महासंघ दृढ रहेको महासंघका अध्यक्ष  राजाराम शर्मा द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ ।

अवैध उत्खन्नका विषयमा सम्वन्धित निकायको ध्यानाकर्षण र नागरिकलाई सो सम्वन्धि सूचना प्रवाह गर्न विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन÷प्रशारण भएपछि नागरिकको घर दैलोमा रहेको स्थानीय सरकार गजुरी गाउँपालिकाले विज्ञप्ती नै जारी गरेर समाचारका विषयमा खेद प्रकट गर्नु अवान्छित, गैर जिम्मेवार र हाँस्यासपद कुरा भएको छ ।
कानून निर्माण गर्ने र कानूनको कार्यान्वयन गर्ने जिम्मेवारी प्राप्त स्थानीय सरकारले नै अवैध कृयाकलाप रोक्नुको सट्टा गैर कानूनी कृयाकलापमा संलग्न हुनेकै पक्षपोषण हुनेगरि कदम चाल्नु जायज हुन सक्दैन जारी प्रेस विज्ञप्तिमा भनिएकाे छ ।

यस्ताे छ पत्रकार महासंघकाे विज्ञप्ति पूरा विवरण ।
मितिः २०८१/०४/३२

प्रेस विज्ञप्ती
धादिङ जिल्ला भित्र पर्ने त्रिशुली नदी र आसपासमा भैरहेको प्राकृतिक श्रोतको अवैध उत्खनन्को विषयमा प्रकाशित÷प्रशारित समाचारका विषयमा धादिङको गजुरी गाउँपालिकाले २०८१÷०४÷२९ गते जारी गरेको विज्ञप्ती प्रति नेपाल पत्रकार महासंघ, जिल्ला शाखा धादिङको गम्भिर ध्यानाकर्षण भएको छ ।
जिल्लाभित्र हुने कुनै पनि प्रकारको अवैध कृयाकलापको महासंघ सदैव विपक्षमा रहेको जानकारी गराउँदै हरेक क्षेत्रबाट हुने गतिविधिहरु देशको संविधान, कानून, विधि र पद्धति अनुसार हुनै पर्छ भन्नेमा महासंघ दृढ रहेको जानकारी गराउँदछौं । कुनैपनि पद र शक्तिको आडमा हुने अवैध कृयाकलापको विपक्षमा नागरिकलाई सूचना प्रवाह गर्ने हिसावले प्रकाशन÷प्रशारण हुने समाचारका विषयमा सञ्चार माध्यम र पत्रकारहरुको हक अधिकार सुनिश्तिच गर्न पनि महासंघ कृयाशिल छ ।
संघिय सरकारले जारी गरेको ढुङ्गा, गिट्टी, वालुवा, उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७९ को दफा ४ को उपदफा १५ पहिलो संशोधन पछिको थप १६ र १७ को विपरित त्रिशुली नदीमा दैनिक जसो हुँदै आएको अवैध उत्खनन्का विषयमा सम्वन्धित निकायको ध्यानाकर्षण र नागरिकलाई सो सम्वन्धि सूचना प्रवाह गर्न विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन÷प्रशारण भएपछि नागरिकको घर दैलोमा रहेको स्थानीय सरकार गजुरी गाउँपालिकाले विज्ञप्ती नै जारी गरेर समाचारका विषयमा खेद प्रकट गर्नु अवान्छित, गैर जिम्मेवार र हाँस्यासपद कुरा भएको छ ।
कानून निर्माण गर्ने र कानूनको कार्यान्वयन गर्ने जिम्मेवारी प्राप्त स्थानीय सरकारले नै अवैध कृयाकलाप रोक्नुको सट्टा गैर कानूनी कृयाकलापमा संलग्न हुनेकै पक्षपोषण हुनेगरि कदम चाल्नु जायज हुन सक्दैन । नेपाल पत्रकार महासंघ यस्ता गैर जिम्मेवार कार्यको घोर निन्दा गर्दछ र कानूनसम्मतका कार्य गर्न सम्वन्धित निकायहरुको ध्यानाकर्षण पनि गराउँदछ । समाचरमा केहि असन्तुष्टि रहे कानूनी उपचारकालागि सम्वन्धित निकायमा जान सुझाव पनि दिन चाहान्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा गरिएको व्यवस्था सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको विपरित हुनेगरि, सहि सूचना प्रकाशन÷प्रशारण गर्ने सञ्चार माध्यम र सञ्चारकर्मीको आत्म सम्मानमा चोट पर्नेगरि जारी विज्ञप्तीलाई दुःखद घटनाको रुपमा लिई क्षमा याचना गर्न र घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङ सम्वन्धित निकायसंग जोडदार माग गर्दछ ।
राजाराम शर्मा
अध्यक्ष
नेपाल पत्रकार महासंघ, जिल्ला शाखा धादिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0