कृष्ण बद्रि पाैडेल
धादिङ

धादिङवेसीबाट सल्यानटार तर्फ जाँदै गरेकाे स्वराज ट्रक र स्कुटर ठाेक्किदा ३ जना घाइते भएका छन् ।

धादिङको नीलकण्ठ नगरपालिका–८ अमेरुवामा बा४ख २७५९ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको बागमती प्रदेश ०६–००१–६८४६ नम्बरको स्कुटर एक आपसमा ठोक्किदा एक जना गम्भिर सहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिए ।

दुर्घटनामा परि घाइते घाइते भएकी नीलकण्ठ नगरपालिका न.पा –९ बस्ने गायत्री लम्सालको अवस्था भने गम्भिर रहेकाे छ।

नीलकण्ठ नगरपालिका –३ बस्ने ३४ वर्षिय हरि खनालको टाउकोमा चोट र चितवन माडी–९ का कृष्ण प्रजाको टाउकोमा चोट तथा दाहिने खुट्टामा चोट लागेको उनले बताए । धादिङ अस्पतालमा सामान्य उपचारपछि गायत्री लम्साल र हरि खनाललाई थप उपचारका लागि एक जना डाक्टरसहित काठमाडौ पठाइएको छ ।
स्वराज ट्रक चालक चन्द्रमान शाक्य भने प्रहरी नियन्त्रणमा रहेको बताए छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0