धादिङ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ३३ ओैं केन्द्रय सभा झापाको विर्तामोड स्थित अग्रसेन हलमा सुभारम्भ भएको छ ।
विर्तामोड नगरपालिकाका नगर प्रमुख प्रवित्रा महतरा प्रसाईंले पानसमा वत्ति बालेर समुद्घाटन गर्नु भएको हो । नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रका अध्यक्ष सत्यनारायण सुवालको अध्यक्षता संचालन भएको सभा पौष १४ र १५ गते दुईदिन सम्म संचालन हुनेछ । ६० जिल्ला शाखा र १७ जिल्लामा तदर्थ समिति गठन भई देशभर स्थानिय निकाय सम्म संगठन विस्तार गरी मुटुरोगलाई कम गर्न प्रचार प्रसार गर्ने र मुटुरोगीको उपचारमा सहयोग गर्दै आएको प्रतिष्ठानका पुर्व अध्यक्ष तथा मुटुरोग विशेषज्ञ डा. प्रकासराज रेग्मीले जानकारी गराउनु भयो ।
सभाको समुद्घाटन कार्यक्रममा मृगेन्द्र सम्झना चिकित्सा गुठी ओरेशन सम्मान डा.राजेन्द्र कुमार कोजू, मृगेन्द्र सम्झना चिकित्सा गुठी युवा पुरस्कार रु . २५०००/- सहित सम्मान डा. राजेश शाह, स्व.दामोदर शर्मा मुटुरोगी सेवा पुरस्कर मकवानपुर शाखाका पूर्व अध्यक्ष हरिवंश भेटवाल वाथ मुटुरोग नियन्त्रण परस्कार रु २५०००/- सहित सम्मान डा. उर्मिला शाक्य, शाखा प्रोत्सान सम्मान पुरस्कार रु . ५००००/- धादिङ शाखा र सर्वोत्कृष्ठ शाखा सम्मान चितवन शाखालाई गरिएको छ ।
३३ ओैं केन्द्रिय सभामा रु. ५०,०००/- नगद सहित सम्मान ग्रहण गरेपछी धादिङ शाखाका अध्यक्ष राजकुमार श्रेषठले उक्त रकमलाई गरिव विपन्न मुटुरोगी सभापति कोष स्थापनाको लागि विउ पुँजीको रुपमा राखिने कुरा व्यक्त गर्नु भयो ।






