धादिङ ।  धादिङ लाेक साँस्कृतिक महाेत्सवकाे अवसरमा आयाेजित अन्तरपालिका स्तरिय लाेक दाेहाेरी प्रतियाेगिताकाे उपाधि ज्वालामुखी गाउपालिका समुहले जितेकाे छ ।

धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा जारी लोक सांस्कृतिक महोत्सवले आयोजना गरेको अन्तरपालिका लोक दोहोरी प्रतियोगिताको उपाधि ज्वालामूखी गाउँपालिकाको संगिना मगर र सुरेन्द्र मगरको समूहले हात पारेको हो ।

ज्वालामूखी गाउँपालिकाका कलाकारले गजुरी गाउँपालिकाका कलाकारलाई पछि पार्दै विजय भएका हुन् । गजुरी गाउँपालिकाको सफल अर्याल र सिता बराल द्धितिय भएका छन् । त्यस्तै, सिद्धलेक गाउँपालिकाका भावना अर्याल र प्रदिप बराईली र नीलकण्ठ नगरपालिकाका सुरेन्द्र न्यौपाने र सन्जु लामाको समूहले भने बराबर अंक प्राप्त गरि तृतिय भएका छन् ।

प्रतियोगितामा विजयी प्रथम, द्धितिय र तृतिय भएका समूहलाई क्रमशः ५० हजार, ३० हजार र १५/१५ हजार रुपियाँ नगदसहित प्रमाणपत्र वितरण गरिएको धादिङ लाेक साँस्कृथिक महाेत्सवका संयाेजक दिपक काेईरालाले जानकारी दिनुभयाे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले आयोजना गरेको महोत्सव दुई दिन थपगरि २२ माघसम्म चल्ने महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले बताउनुभयाे । २० गतेसम्म सञ्चालन गरिने भनिएपनि विशेष कारणवश दुई दिनको समय थप गरिएको संयोजक कोइरालाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0