धादिङ ।  शिक्षा, युवा तथा खेलकुद शाखा, नीलकण्ठ नगरपालिकाको आयोजनामा अन्तर विद्यालय स्तरीय विज्ञान तथा विषयगत शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम आज धादिङ बेशीमा सम्पन्न भएकाे छ ।

उक्त कार्यक्रममा बागमती प्रदेश सरकार, माननीय युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे हाे । अन्य अतिथिहरूमा नीलकण्ठ नगर पालिकाका प्रमुख भिम प्रसाद ढुङ्गाना, नगर उप-प्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सुवेदी, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रकाश भट्ट, शाखाबजिल्ला स्थित सरकारी कार्यालयहरूका प्रमुखहरू तथा विभिन्न विद्यालयका प्र अ तथा शिक्षकहरू रहेकाे थियाे ।

नगर भित्रका हजारौ विद्यार्थीहरू सहित सरोकारवाला अन्य निकायका व्यक्ति हरूले साे प्रदर्शनी अवलोकन गरेका थिए। शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रकाश भट्टका अनुसार बार्षिक रूपमा विद्यालयका विद्यार्थीहरूले विषयषत रूपमा निर्माण गरेका शैक्षिक सामग्रीहरूलाई प्रदर्शन गरि एक विद्यालयले अर्को विद्यालयलाई सिक्ने सिकाउने कार्यक्रम हाे । जसले गर्दा विद्यार्थीहरूकाे अान्तरीक प्रतिभाकाे प्रस्फुटन हुन गई प्रदर्शन भएकाे पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0