धादिङ ।  नेकपा माओवादी केन्द्र निकट मजदुर संगठन अखिल नेपाल यातायात मजदुर संगठन धादिङको सातौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल यातायात मजदुर संघको संयुक्त आयोजनामा १३६औँ मे दिवस अर्थात अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा अखिल नेपाल यातायात मजदुर संगठन धादिङको सातौ जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको हो ।

उक्त सम्मेलनबाट प्रदिप भट्टको अध्यक्षतामा १९ सदस्ययीय जिल्ला समन्वय समिती रहने गरि गठन भएको छ । जसको बरिष्ठ उपाध्यक्षमा सविन अधिकारी, उपाध्यक्षमा राजकुमार सुबेदी,सचिवमा ठाकुर बुर्लाकोटी, सहसचिवमा खेमराज सिलवाल, कोषाध्यक्षमा रामचन्द्र तोलाङगी चयन हुनुभएको छ । सदस्यहरुमा हरि गुरुङ, किसान अधिकारी, सरोज भण्डारी, निर्मल तामाङ, राजन तामाङ, सुरेन्द्र श्रेष्ठ, रामकुमार गिरी, अष्टलाल तामाङ, मनोज अधिकारी, निरोज अर्याल लगायत चयन हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0