काठमाडौं, असार २८ – नेपाली कांग्रेस धादिङका पूर्वसभापति, जेष्ठ राजनीतिज्ञ तथा क्रान्तिकारी नेता भरतप्रसाद उप्रेतीको ९७ वर्षको उमेरमा निधन भएको छ।

शनिबार दिउँसो २:३० बजे काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको नेपाली कांग्रेस धादिङका सचिव विकास श्रेष्ठले जानकारी दिए।

उप्रेतीको पार्थिव शरीरको अन्त्येष्टि आज साँझ ६:०० बजे पशुपति आर्यघाटमा पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा गरिनेछ।

नेपाली कांग्रेस धादिङले पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता, सदस्य तथा शुभचिन्तकहरूलाई पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न सो समय र स्थानमा उपस्थित हुन अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0