धादिङ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, समाज सेवा प्रभागको आयोजनामा तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको प्राविधिक सहयोगमा धादिङमा विश्व बन्धुत्व दिवसको अवसरमा विशाल रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ५८ जना पुरुष र २७ जना महिला गरी कुल ८५ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन् । आयोजक संस्थाले रक्तदानलाई समाजसेवाको महत्वपूर्ण कार्य भन्दै नियमित रक्तदान कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

रक्तदान कार्यक्रम सम्पन्न भएपछि आयोजक तथा सहकार्य संस्था दुवैले सहभागी रक्तदाताहरूप्रति आभार प्रकट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0