काठमाडौं , १९ माघ २०८२

स्वास्थ्य बीमा बोर्डले बोर्ड बैठकबाट भएका निर्णयहरू तत्काल कार्यान्वयन गर्न सबै सूचीकृत सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। बोर्डले  आज मिति २०८२/१०/१९ मा जारी गरेको पत्रमार्फत निर्णय कार्यान्वयनका लागि आवश्यक सहकार्य गर्न आग्रह गरेको हो।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन तथा कार्यान्वयन गर्न सेवा प्रदायक संस्थाहरूले पुर्‍याउँदै आएको निरन्तर सहयोगप्रति बोर्डले धन्यवाद व्यक्त गरेको छ। बीमित नागरिकले प्राप्त गर्ने सेवाको पहुँच र गुणस्तर बढाउने उद्देश्यसहित बोर्ड बैठकबाट केही महत्वपूर्ण निर्णयहरू गरिएको पत्रमा उल्लेख छ।

बोर्डका अनुसार मिति २०८२/०९/२४ मा सम्पन्न बोर्ड बैठकले हाल सूचीमा रहेको बहिरंग (OPD) सेवामा प्रति परिवार (अधिकतम पाँच जना) वार्षिक २५ हजार रुपैयाँ बराबरको सुविधा कायम गर्दै, प्रत्येक सदस्य थप गर्दा ५ हजार रुपैयाँ बराबरको अतिरिक्त सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। उक्त व्यवस्था मिति २०८२/११/०१ गतेदेखि लागू हुने जनाइएको छ।

साथै, स्वास्थ्य बीमा नियमावली, अनुसूची–६ (क्लोजिङ ८) अन्तर्गतका कडा तथा जटिल रोगको उपचार र विदेशमा गरिने उपचारसम्बन्धी हालको व्यवस्था यथावत् रहने जानकारीसमेत बोर्डले दिएको छ।

बोर्डले उक्त निर्णय कार्यान्वयनका लागि सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई आवश्यक तयारी गर्न र समन्वय कायम गर्न आग्रह गरेको छ।

पत्र स्वास्थ्य बीमा बोर्डका बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट तथा दाबी व्यवस्थापन तथा नीति योजना शाखा प्रमुख डा. पवन कुमार साहले हस्ताक्षर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0