धादिङ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा धादिङ निर्वाचन क्षेत्र नं २ बाट नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका रमेश धमला ले फागुन १८ गतेसम्मको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमको विस्तृत समयतालिका सार्वजनिक गर्नुभएको छ।

नेपाली काँग्रेस धादिङ प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत निर्वाचन प्रचारप्रसार समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार उम्मेदवार धमला यतिबेला विभिन्न पालिका तथा वडामा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा सक्रिय हुनुहुन्छ।

सार्वजनिक समयतालिका यसप्रकार छ:

  • फागुन ७ गते: नीलकण्ठ नगरपालिका वडा नं ६ र ७
  • फागुन ८ गते: नीलकण्ठ नगरपालिका वडा नं ८, ९ र ३
  • फागुन ९ गते: साविक मैदी र ढोला तथा काठमाडौँ–धादिङ–पोखरा सम्पर्क समितिको कार्यक्रम (पोखरा)
  • फागुन १० गते: रुबीभ्याली गाउँपालिका वडा नं ५ र ६
  • फागुन ११ गते: रुबीभ्याली गाउँपालिका वडा नं ६ र ४
  • फागुन १२ गते: रुबीभ्याली गाउँपालिका वडा नं ३, २ र १
  • फागुन १३ गते: रुबीभ्याली गाउँपालिका वडा नं ४ तथा खनियाबास गाउँपालिका वडा नं १, २ र ३
  • फागुन १४ गते: खनियाबास गाउँपालिका वडा नं ४ र ५
  • फागुन १५ गते: नीलकण्ठ नगरपालिका वडा नं १० र ११ तथा खहरे बजार
  • फागुन १६ गते: नीलकण्ठ नगरपालिका वडा नं २ र ज्वालामुखी गाउँपालिका वडा नं ४
  • फागुन १७ गते: नीलकण्ठ नगरपालिका वडा नं १४, १ र ५
  • फागुन १८ गते: नीलकण्ठ नगरपालिका वडा नं ३, ४, १२ र १३

निर्वाचन प्रचारप्रसार समितिका अनुसार उम्मेदवार धमलाले विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सुधारलगायतका एजेन्डा प्रस्तुत गर्दै मतदातासँग प्रत्यक्ष अन्तरक्रिया गरिरहनुभएको छ।

क्षेत्रका विभिन्न बस्तीमा भइरहेको घरदैलो तथा भेटघाट कार्यक्रममा स्थानीय नागरिकको उत्साहजनक सहभागिता देखिएको समितिले जनाएको छ। यस किसिमको निरन्तर भेटघाट कार्यक्रमले नेपाली काँग्रेस र उम्मेदवार रमेश धमलाको विजय सम्भावना थप प्रबल बन्दै गएको आकलन गरिएको छ।

नेपाली काँग्रेस क्षेत्र नं २ ले सार्वजनिक गरेको उक्त समयतालिकासँगै चुनावी गतिविधि अझ तीव्र बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0