धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटस्थित नागिन्थान लामिछाने टोलमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बा ३ च ४५५२ नम्बरको गाडी घरअगाडि ब्याक गर्ने क्रममा अनियन्त्रित भई करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका ४० वर्षीय तारा लामिछानेको उपचारका क्रममा काठमाडौंस्थित मनमोहन मेमोरियल अस्पताल मा मृत्यु भएको प्रहरीले जनाएको छ।

परिवारसहित चुनावी प्रयोजनका लागि धुवाँकोट आएका लामिछाने घरअगाडि सवारी साधन पार्क गर्ने क्रममा दुर्घटनामा परेका थिए। उनी मनमोहन अस्पतालमा कार्यरत सवारी चालकसमेत रहेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0