धादिङ – प्रतिनिधि सभा क्षेत्र नं. २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोध नारायण श्रेष्ठ ५,५४६ मतान्तरका साथ अग्रस्थानमा रहेका छन्।
हालसम्मको मतपरिणाम अनुसार रास्वपाका श्रेष्ठले २०,४४१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश धमलाले १४,८९५ मत प्राप्त गरेका छन्।
दुवै उम्मेदवारबीच ५,५४६ मतको अन्तर रहेको छ। मतगणना जारी रहँदा अझै १४,९९६ मत गणना गर्न बाँकी रहेको जनाइएको छ।
अन्तिम परिणामका लागि मतगणना प्रक्रिया जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0