मकवानपुर, २९ फागुन । हेटौँडा–नारायणगढ सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर एकआपसमा ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवनबाट हेटौँडातर्फ आउँदै गरेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ट्रक ठोक्किँदा सर्लाही बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका कन्टेनर चालक गोविन्द चौधरी गम्भीर घाइते भएका थिए।

घाइते चौधरीलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0