काठमाडौं , ३० फागुन २०८२
धादिङ , खनियाबास गाउँपालिका–५ सत्यदेवीस्थित बच्छलादेबी माध्यमिक विद्यालय भूपू विद्यार्थी समाजले आफ्नो पाँचौँ वार्षिक उत्सव तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
२०८२ फागुन ३० गते शनिबार क्वालिटी क्याफे , सामाखुशीमा कार्यक्रम समाजका अध्यक्ष बमबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा पूर्व राज्यमन्त्री परशुराम तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा भूपू विद्यार्थीहरूबीच आपसी भेटघाट तथा छलफलका साथै समाजका आगामी योजनाबारे पनि व्यापक छलफल गरिएको थियो। छलफलका क्रममा समाजको सदस्यता विस्तार गर्ने, गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूमा मनोपरामर्श कक्षा सञ्चालन गर्ने तथा ‘बच्छला सन्देश’ प्रकाशन र वितरण गर्ने विषयमा सहमति भएको समाजले जनाएको छ।
कार्यक्रम समाजका सचिव कृष्ण बद्री पौडेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा भूपू विद्यार्थीहरुको उल्लेखनीय सहकारिता रहेको थियो।






