धादिङ — लामो समयदेखि प्रतिक्षामा रहेको धौखोला झोलुङ्गे पुल अन्ततः निर्माण हुने भएको छ। करिब ३५० मिटर लामो उक्त पुल अब निर्माण हुने निश्चित भएको हाे।

शहरी विकास मन्त्रालय सस्पेन्सन बृज डिभिजन कार्यलयले टेन्डर आहान गरेसंगै झाेलुङगे पुल निमाण हुने भएकाे हाे । यससँगै स्थानीयवासीमा खुशी छाएको छ। विशेष गरी नीलकण्ठ नगरपालिका वडा नं. ८ र ज्वालामुखी गाउँपालिका वडा नं. ४ का बासिन्दाले ठूलो राहत पाउने अपेक्षा गरिएको छ।

पुल निर्माण भएपछि आवतजावत सहज हुने, आर्थिक तथा सामाजिक गतिविधिमा थप टेवा पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0