धादिङ, चैत ३० — धादिङबेसीबाट नलाङ छापगाउँतर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा पर्दा ८ जना घाइते भएका छन्।
ग १ ज ६०४९ नम्बरको बोलेरो गाडी नीलकण्ठ नगरपालिका–८ अन्तर्गत ससाह नौबिसेटार दुबेनी क्षेत्रमा दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सडक छेउको वालमा ठोक्किँदा गाडी दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार गाडीको टायरको हब (hub) भाँचिएपछि गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुर्घटनामा घाइते भएका ८ जनालाई उपचारका लागि धादिङ अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
धादिङकाे ससाहमा बोलेरो दुर्घटना : ८ जना सामान्य घाइते
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






