काठमाडौँ

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा हाल स्वतन्त्र सांसदसमेत रहेका डा महावीर पुन ले युवाहरुलाई लक्षित गर्दै सशक्त राजनीतिक सन्देश दिएका छन्। म्याग्दी जिल्लाबाट निर्वाचित उनीले पराजित नेताको पछाडि लाग्ने प्रवृत्तिको आलोचना गर्दै जनताले चुनेका प्रतिनिधिलाई काम गर्न दबाब दिनुपर्ने बताएका छन्।
उनले भनेका छन्, “हारेका नेताको पछि लागेर सडकमा उत्तानो पर्नु भन्दा, बरु चुनाव जितेका नयाँ केटाहरूलाई ‘काम गर’ भनेर दबाब दिऊँ।” उनका अनुसार लोकतन्त्रमा मतदाताको भूमिका मतदानमा मात्र सीमित नभई, निर्वाचित प्रतिनिधिलाई जवाफदेही बनाउने पनि हो।
डा पुनले हारेका नेताको पक्षमा समय खर्च गर्नुले देशको विकास र व्यक्तिगत भविष्य दुवैलाई असर गर्ने धारणा राख्दै भने, “हारेकाको पछि लागेर समय फाल्नु भनेको आफ्नो भविष्यलाई पनि ‘उत्तानो’ पार्नु मात्रै हो।”
उनको भनाइले विशेषगरी युवापुस्तालाई भावनात्मक राजनीति छोडेर परिणाममुखी र उत्तरदायी राजनीतितर्फ उन्मुख हुन प्रेरित गरेको विश्लेषण गरिएको छ। उनले म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित सांसदका रूपमा नागरिकको सक्रिय भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका छन्।
डा पुनको यो सन्देश सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ र यसले नागरिक सहभागिता तथा लोकतान्त्रिक उत्तरदायित्वबारे नयाँ बहस सुरु गरेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0