बद्री पौडेल
धादिङ , काठमाडौं :- ८ बैशाष २०८३
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा सदस्य नियुक्ति गर्ने निर्णय गरेको छ। सोही निर्णयअनुसार धादिङ जिल्ला खनियाबास गाउँपालिका, साविक दार्खा गाविसका नवराज सिम्खडा समितिको सदस्यमा मनोनयन भएका छन्।
सरकारले सहकारी क्षेत्र सुधार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन अनुभवी व्यक्तिहरूलाई जिम्मेवारी दिने क्रममा सिम्खडालाई उक्त पदमा नियुक्त गरेको हो। लामो समयदेखि सहकारी क्षेत्रमा सक्रिय रहँदै आएका सिम्खडा यस क्षेत्रका अनुभवी तथा परिचित व्यक्तित्व मानिन्छन्।
सहकारी संस्थाहरूमा देखिएका समस्याहरू समाधान गर्न गठित समितिमा सिम्खडाको नियुक्तिले सहकारी व्यवस्थापन, पारदर्शिता र सुधारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ। सरकारको यो निर्णयले सहकारी क्षेत्रलाई व्यवस्थित र विश्वसनीय बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।






