अमित पौडेल
धादिङ, वैशाख १८ , २०८३
लायन्स इन्टरनेशनल डिष्ट्रीक्ट ३२५–आई को नेतृत्वमा रिजन ५, जोन १२ अन्तर्गतका चार वटा क्लबहरूको क्लबस्तरीय नेतृत्व विकास कार्यक्रम नीलकण्ठ नगरपालिका–८, रामकोट हटियामा शुक्रबार सम्पन्न भएको छ।
जोन १२ का जोन चेयरपर्सन लायन कृष्ण प्रसाद ढकाल (शिशिर) को अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रीक्ट गभर्नर लायन पार्वती खरेल पाण्डे रहनुभएको थियो। विशेष अतिथिहरूमा नीलकण्ठ नगरपालिका–८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, डिष्ट्रीक्ट सचिव लायन रामबहादुर श्रेष्ठ तथा डिष्ट्रीक्ट चिफ काउन्सेलर लायन महेश पाण्डे रहनुभएको थियो।
कार्यक्रममा रिजन ५ का रिजन चेयरपर्सन लायन कृष्ण बद्री पौडेल तथा जोन चेयरपर्सन लायन नवराज पाण्डेको समेत उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक लायन हरिकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा लायन्स क्लबको इतिहास, उद्देश्य, सेवा कार्य तथा लायन्स प्रोटोकल सम्बन्धी विषयमा सहजीकरण गरिएको थियो।
यसै अवसरमा रिजन ५ को रिजन कन्भेन्सन पनि रिजन चेयरपर्सन कृष्ण बद्री पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रमकै क्रममा लायन्स क्लब धादिङ भैरबीद्वारा तयार गरिएको भित्ते पात्रो प्रमुख अतिथिद्वारा विमोचन गरिएको थियो। साथै, लायन्स क्लब धादिङ भैरबीको चार्टर दिवस पनि सोही दिन मनाइएको थियो।
कार्यक्रममा लायन्स क्लब धादिङ भैरबीका अध्यक्ष लायन बद्री अधिकारी, लायन्स क्लब धादिङ हाइटका अध्यक्ष लायन शालिग्राम तिमल्सिना, लायन्स क्लब धादिङ मण्डलीका अध्यक्ष लायन महेश रिजाल तथा लायन्स क्लब काठमाडौं सूर्यमुखीका उपाध्यक्ष लायन राजाराम रिजाललगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा करिब ३० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।






