बाबुराम फ्यूबा

काठमाडौं, १९ वैशाख २०८३

खनियाबास विद्रोहका नायक दामन पाख्रिनसम्बन्धी पुस्तक एक कार्यक्रमबीच विमोचन गरिएको छ। दामन पाख्रिन स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त कार्यक्रम प्रतिष्ठानका सभापति लीला पाख्रिनको अध्यक्षतामा भएको हो।

कार्यक्रममा नेपाली कांग्रेसका संघीय सभापति गगन कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, प्रदेश सरकारका पदाधिकारी तथा मन्त्रीहरूको उपस्थिति रहेको थियो। त्यस्तै राप्रपाका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री बुद्धिमान तामाङ, साथै अन्य पूर्वमन्त्रीहरूको पनि उपस्थिति रहेको बताइएको छ।

गोपाल फ्युबाद्वारा तयार गरिएको उक्त पुस्तकले खनियाबास विद्रोह र दामन पाख्रिनको भूमिका तथा योगदानलाई उजागर गरेको आयोजकले जनाएको छ। कार्यक्रममा वक्ताहरूले इतिहासका महत्वपूर्ण पात्रहरूको योगदानलाई दस्तावेजीकरण गर्नु आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागीहरूले पुस्तकले नयाँ पुस्तालाई इतिहास बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0