बद्री पौडेल
काठमाडौं, १९ वैशाख २०८३
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी गरिएको जनाएको हो।
जारी गरिएका अध्यादेशहरूमा
१) स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३
२) सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३
३) विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ रहेका छन्।
तीनै अध्यादेश २०८३ साल वैशाख १९ गते जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। उक्त अध्यादेशहरू सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रमाणीकरण भई कार्यान्वयनमा आएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेन्द्रकुमार श्रेष्ठ (शाक्य) द्वारा जारी विज्ञप्तिमा यी अध्यादेशहरू सम्बन्धित क्षेत्रमा आवश्यक कानुनी सुधार र व्यवस्थापनका लागि ल्याइएको जनाइएको छ।






