धादिङ बेसी ,
धादिङस्थित नीलकण्ठ क्याम्पस ले पहिलो पटक सात देशको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। सम्मेलनमा देश तथा विदेशका विज्ञहरूबाट ३१ वटा अनुसन्धानमूलक (रिसर्च) पेपर प्रस्तुत गरिएका थिए।
सम्मेलनमा विभिन्न शैक्षिक सत्रहरू अन्तर्गत पेपर प्रस्तुती, प्यानल छलफल, शिक्षण–सिकाइ विधि तथा नवप्रवर्द्धनका विषयमा बहस गरिएको थियो। विशेषगरी आधुनिक प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग शिक्षामा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा पनि केन्द्रित छलफल भएको जनाइएको छ।
क्याम्पस प्रमुख डा. मुरारी अधिकारी ले पहिलो पटक सात देशका प्राध्यापकहरूको सहभागितामा सम्पन्न यो सम्मेलन केवल शैक्षिक कार्यक्रम मात्र नभई नेपालको उच्च शिक्षालाई रुपान्तरण गर्ने महत्वपूर्ण प्रयास भएको बताउनुभयो।
उहाँका अनुसार यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूले अनुसन्धान संस्कृतिको विकास, ज्ञान आदान–प्रदान र विश्वस्तरीय शैक्षिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0