काठमाडौँ, २४ वैशाख ,२०८३
संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको छ।
प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकले शर्माको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो। बैठकपछि सभामुख डोलप्रसाद अर्यालले भावी प्रधानन्यायाधीशका रूपमा शर्माको नाम सिफारिस भएको जानकारी दिनुभयो।
संवैधानिक व्यवस्थाअनुसार परिषद्बाट सिफारिस भएपछि संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गर्नेछ। त्यसपछि राष्ट्रपतिबाट नियुक्ति हुने प्रावधान रहेको छ। नियुक्तिपछि डा. शर्मा नेपालको ३३औँ प्रधानन्यायाधीश बन्नुहुनेछ।






