धादिङ, ०७ , रुबीभ्याली गाउँपालिकाबाट धादिङबेसीतर्फ अवैध रूपमा ‘क्रिष्टल’ जस्तो देखिने चिजवस्तु ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले ८० केजी पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार रुबीभ्याली गाउँपालिका–३ सेक्टर चौतारास्थित क्षेत्रमा सेर्तुङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्लास्टिकका चार वटा बोराभित्र लुकाइछिपाइ राखिएको अवैध ‘क्रिष्टल’ जस्तो देखिने पदार्थ बरामद गरेको हो।
उक्त पदार्थसहित रुबीभ्याली गाउँपालिका–३ बस्ने ३५ वर्षीय फुन्चो तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद गरिएको पदार्थको तौल ८० केजी रहेको बताइएको छ।
स्थानीय व्यक्तिहरुको रोहवरमा उक्त पदार्थ रितपूर्वक बरामद गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएको थियो। पछि पक्राउ परेका व्यक्तिसहित बरामद चिजवस्तु आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रकाश दाहाल ले जानकारी दिएका छन्।
धादिङमा अवैध ‘क्रिष्टल’ जस्तो पदार्थसहित एक व्यक्ति पक्राउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






