नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाह निवासी गुप्त बहादुर पौडेलले आफ्नो जन्मदिनमा विद्यालयलाई पानी तताउने मेसिन (गिजर) हस्तान्तरण गर्नुभएको छ। आफ्नो ८८ औँ जन्म दिनको अवसरमा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको स्वाबलम्बी बहिरा आधारभुत विद्यालयलाई २ थान गिजर सहयोग गर्नुभएको हो। बहिरा विद्यार्थी पढ्ने विद्यालयलाई जाडो मौसममा पानी तताएर सरसफाई गर्न सहज होस भनेर गिजर सहयोग गरीएको गुप्त बहादुर पौडेलले बताउनुभयो।३६ हजार बराबरको २ थाना गिजर विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई हस्तान्तरण गरीएको हो ।
एकै पटकमा ३० लिटर पानी तताउन मिल्ने मेसिन छात्र र छात्राहरूकाे लागि १/१ थान (गिजर) उपलव्ध गराउनु भएकाे हाे । बुबाको जन्म दिन वैधिक परम्परागत तवरले अष्टचिरञ्जीवीको पुजा पाठ गरि मनाउन लागेकाे छाेरा कृष्णबहादुर पाैडेलले वताउनु भयाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश दाहालको अध्यक्षतामा सम्पन्न भएको हस्तान्तरण कार्यक्रममा मानव अधिकार संगठन धादिङका सभापति तथा त्रिकोण खबर डट कमका प्रधानसम्पादक कृष्णराज अधिकारी,दार्खाली पौडेल समाजका अध्यक्ष रामकृष्ण पौडेल,समृद समाज नेपालका अध्यक्ष बालकृष्ण नेपाली,विद्यालयका प्रधानाध्यापक राम प्रसाद अधिकारी,गुप्त बहादुर पोडेलका छोराहरु कृष्ण बद्री पौडेल,केदार पौडेल तथा पौडेल परिवारका सदस्यहरुको सहभागिता रहेको थियो






