उत्पादनमुखी कृषि क्रान्तिमा बागमती प्रदेशले देश कै नमुना मोडलमा लैजान लागेको बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बताउनुभयो ।

बुधबार गजुरी गाउँपालिकाको गलौँदी खेलमैदानमा सुरुभएको नवौं धादिङ महोत्सवको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको प्रमुख आतिथ्यतामा उद्घाटन सम्पन्न भएको हो ।

धादिङ जिल्लालाई कृषि र पर्यटन सँगै रोजगार सहितको उत्पादनमुखी व्यवासायलाई जोड्ने योजना उद्योग वाणिज्य संघले बनाउनुपर्ने बताउदै मुख्यमन्त्री जमरकटेलले लगानी गर्ने व्यवसायीहरुलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कृषि पदर्शनी र घरेलु सामाग्री प्रदर्शनीमा उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिएको बताईएको छ । कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिएको महोत्सवमा महोत्सव अवधिभरि नै रमाइलो मेलामा वाल उध्यान मुख्य आकर्षणका रुपमा कृषि सामाग्री प्रदर्शनी र त्रिशुलीमा र्याफ्टिङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0