धादिङ । यहि माघ १० गते देखि माघ २१ गतेसम्म नवौं धादिङ महोत्सव सुरु हुँदैछ । गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदी स्थित त्रिशुली किनारमा हुने नवौं धादिङ महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुने छ ।
धादिङ उद्योग वाणिज्य संघको आयोजना तथा गजुरी गाउँपालिकाको संरक्षकमा ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मूलनाराका साथ सुरुहुने महोत्सव मुख्यमन्त्री जम्कट्टेलले गर्ने तय भएको धादिङ उद्योग बाणिज्य संघ का अध्यक्ष विष्णु थपलियाले जानकारी दिनुभयो।
महोत्सव उद्घाटनमा माघ १० गते गजुरी बजारबाट बाजागाजा सहित जातिय पहिचान भल्कने भेषभूषा सहितको र्याली निकालिने झाँकी व्यावस्थापन समितिका संयोजक सुर्दशन रिजालले वताउनु भयो । महोत्सवमा २४० ओटा स्टल रहने छन् भने ५० वटा स्टलमा स्थानिय उत्पादनहरुलार्इ महत्व दिँदै निशुल्क स्टल उपलव्ध गरिने आयोजकले जनाएको छ ।
महोत्सवको मुख्य आकर्षण पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक र पर्यटन क्षेत्रको प्रवर्द्वन रहेको छ ।






