सन्दिप तामाङ , पत्रकार

साँस्कृति हराए पहिचान हराउछ पहिचान हराए अस्तित्व हराउछ ।

तामाङ जातिको महान पर्व २८६० औ सोनाम ल्होछार (डुक ल्हो) को पवन अवसारमा आयोजित म्हेन्दोमाया कलाकार सघं नेपाल केन्द्रले आयोजना गरिएको शुभकामना आदानप्रदान तथा बृहत सास्कृतिक कार्यक्रम २०८०/१०/१३/ काठमाडौको गोलढुङगा चउरमा हुने भएको छ ।

 

कार्यक्रममा चर्चित तामाङ हरुको सस्कृती र इतिहास बोकेको,लामा नाच,झाक्री नाच,डोका नाच,घोडा नाच,गाउँ घरमा गुन्जिने साइकोले,म्हानेदोरा जस्ता थुप्रै पहिचान झाल्किने तामाङ कला सस्कृती लगायत बहुचर्चित तामाङ म्हेन्दोमाया कलाकारहरुको बेजोड संगीतिक प्रस्तुती रहनेछ भने,सेलो कलाकार हरुको समेत प्रस्तुति देख्न पाउनु हुनेछ र सोही दिनको कार्यक्रमलाई सहयोग गर्नुहुने सहयोगी मनहरुलाइ विशेष सम्मान समेत गरिने आयोजकले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0