राजधानी काठमाडौंसँग जोडिएको धादिङ जिल्लामा बिकासको पुर्बाधारहरु धैरै भएता पनी हाल कुनैपनी ठुला परियोजनाहरु नभएको कारणले पछाडि परिराखेको छ।

धादिङको सल्यानटारमा सानो एयरपोर्ट, निलकन्ठ (११) बाट गङ्गा/जमुना केबुलकार निर्माण, बाँझो हुन लागेका जग्गा जमिनमा पशुपालन, तरकारी,फलफुल खेती गर्दैं त्यहाँ आउने पाहुनाहरुलाई पारिवारिक सम्मान दिन सकियो भने सबैं देशी बिदेशीहरुले पनी लगानी गर्ने थिए की?

त्यो ठाँउमा रहेका ब्यक्तिहरुको आम्दानी पनि बढ्ने थियो। मानिस त्यो ठाँउबाट बैदेशिक राेजगारीमा जान रोकिने थियो । यो पुर्वाधारले हिमाल अवलोकन, प्राकृतिक, धार्मिक, साँस्कृतिक आनन्दको साथ भोली हुन लागेको बुढिगन्डकी डुबान क्षेत्रको पनि अवलोकन गर्न सकिने थियो।

यस कार्यको लागी धादिङका सबैं बुद्धिजीवी,ब्यापारी,राजनीतिक दलका शिर्ष नेताहरुबाट सामुहिक बैंठक गरी योजना बनाई कार्यन्वयन गर्नुपर्ने अनिबार्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
1
+1
0
+1
0
+1
0