नेपाल सरकार र सर्वाेच्च अदालतकाे आदेशलाई समेत माथ खुवाउने गरि स्थानिय तहले फागुन १गते सार्वजनिक विदा घाेषणा गरेका छन् ।
धादिङ जिल्लाकाे गजुरी गाउपालिका , बेनिघाट राेराङ गाउपालिका लगायतले सुचना प्रकाशीत गर्दै फागुन १ गते जनयुद्ध दिवसकाे अवसरमा पालिका भरिकाे सरकारी कार्यलय बन्द हुने जनाएको छ ।
यता गजुरी गाउपालिकामा भने अध्यक्ष , उपाध्यक्ष र वडा अध्यक्षहरूले आ-आफ्नै किसिमले विदा घाेषणा गरेका छन् ।
गजुरी गाउपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ द्वारा हस्ताक्षरित सुचना अनुसार महान जनयुद्धको स्मरण र सम्मान गर्दै फागुन १ गते पालिका भित्रकाे सबै सरकारी कार्यलय बन्द गर्ने भनी सुचना प्रकाशित भएपछि उपाध्यक्ष शर्मिला विसुरालले खण्डन गर्दै बिदा नरहेकाे जनाएकि हुन् । उपाध्यक्ष विसुरालले गाउपालिकाकाे बैठ्कमा कुनै जानकारी र छलफल नै नभएकाे र नेपाल सरकार गृह मन्त्रालयले समेत बिदा नहुने भनी सुचना जारी भएकाे अवस्थामा गजुरी गाउपालिका तथा मातहतका सबै सरकारी कार्यलयहरू खाेली कार्यालय संचालन गर्न भनी सुचना गरेका छन् ।
त्यसै गरि वडा नं ६ ले पनि सुचना प्रकाशित गर्दै सार्वजनिक बिदा घाेषणा गरेका छन् भने वडा नं ४ ले भने बिदा नरहेकाे जनाएकाे छ ।
उता नेपाल सरकार गृह मन्त्रालयले मिति २०८० माघ २९ गते एक सुचना प्रकाशित गर्दै सार्वजनिक विदा नगर्न भनेकाे छ । सम्मानित सर्वाेच्च अदालतकाे फैसलाकाे आधारमा नेपाल सरकार मन्त्री परिषद्काे मिति २०८० माघ २५ गतेकाे निणय अनुसार नेपाल राजपत्र (खण्ड ७२,संख्या ६५ भाग ५ मिति २०७९/१२/०२) मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहने व्याेहाेरा सम्वद्व सबैकाे जानकारीका लागि अनुराेध छ ! भनी सहसचिव/प्रवक्ता नारायण प्रसाद भट्टराई द्वारा हस्ताक्षरित सुचनामा भनिएकाे छ ।






